Sajhamanch Archive

न्युटन्स एजुकेशनमा बाल क्लबको अधिवेशन

Published: in लोकप्रिय, शिक्षा, समाज by .

बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिवेशन सम्पन्न गरिएको छ ।

बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिवेशनबाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।

पुनःगठित क्लबको उपाध्यक्षमा युसन उप्रेती, सचिव सङ्कल्प उप्रेती, सहसचिव मौसम उप्रेती र कोषाध्यक्षमा कृषा न्यौपाने चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा निसा भट्टराई, बिराज ओली, अन्वेष अधिकारी, खुशी सुवेदी, प्रज्वल गर्ग, सृजना खरेल, आयुष सिटौला, स्तुति पनेरू, मोहित शाह र डेनिसा लामिछाने रहेका छन् ।

अधिवेशनले नेत्रप्रसाद निरौला, ,जमुना उप्रेती, पवित्रा पौडेल, कुशल पौडेल ,मेघना अधिकारी र मुना काफ्ले पौडेललाई सल्लाहकार शिक्षक प्रतिनिधि चयन गरिएको बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिइन् ।

अध्यक्ष अर्पना लोहनीको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष निमिसा नेपालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक वर्ष २०७९÷८० मा क्लबले १ लाख ९९ हजार ९५९ रुपैयाँ बराबरको आय ब्यय गरेको विवरण सार्वजनिक गर्दै हाल कोषमा ६६ हजार ७०० रुपैयाँ मौज्दात रहेको जानकारी दिइन् ।

सचिव संस्कार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष लोहनीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक एवम् बाल क्लबका संरक्षक देवेन्द्र हुमागाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल, विद्यालयका इन्चार्ज परासर दाहाल, एकेडेमिक इन्चार्ज नोयल परेराले शुभकामना मत्ब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हुमागाईले क्लबको कामले बालबालिकाको नेतृत्वमा निखारपन आएको र बिर्तामोडमा रहेका बाल क्लबमध्ये उत्कृष्ट कार्य गर्न सफल भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *