Sajhamanch Archive

भद्रपुर बिर्तामोड सडक निर्माण सम्पन्न गर्न काँग्रेसको माग

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by .

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरदेखि बिर्तामोड जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्षित गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भए पनि सो समयमा काम सम्पन्न नहुने निश्चित भएको भन्दै काँग्रेसले छिटो काम सम्पन्न गर्ने वातावरण बनाउन सरकारसँग माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

नगर सभापति सामबहादुर कडेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी पोखरेल समक्ष सरकारको नाममा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छः ‘तोकिएको समयमा सडक निर्माण नसकिने अवस्था रहेको हुँदा यो महत्वपूर्ण योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न नेपाल सरकारले ध्यान देओस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *