Sajhamanch Archive

धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

जुम्ला । जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार हुन्। लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए। उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ,उनिहरुको उपचार अहिलेसम्म जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ। घाइते हुनेहरुमा सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई हुन्।

सोमबार बेलुका ८ बजेर ५५ मिनेटमा उक्त घटना भएको हो। घाइते सबैको सोमबार प्रतिष्ठानमा ल्याएको थियो।घटना स्थलमा प्रहरीको टोली गइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *