दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी
Published:
by .झापा । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा बसोबास रहेका केन्द्रीय सदस्यहरु, विभागीय प्रमुख तथा सदस्यहरु, कोशी प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरु र १४ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिएका छन् ।
कोशी प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सञ्चालित प्रशिक्षणमा नेपाल खेलकुद महासंघका इन्चार्ज कर्णबहादुर थापाको प्रमुख सहजीकरण रहेको छ । झापाको दमकमा सञ्चालित प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीको समेत सहजीकरण हुने महासंघ प्रचार विभागका उपप्रमुख राजकुमार ओलीले जानकारी दिएका छन् ।
Comments