सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण
Published:
by .काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बिहीबार विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएकोप्रति खेद ब्यक्त गरेको हो ।
‘संविधान र कानुनी व्यवस्था अनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले एमाले र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो शृंखलाका रूपमा इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको एमाले निन्दा गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
Comments