बांग्लादेशः खालिदालाई ७ वर्षको कैद सजाय
Published:
by .बांग्लादेशको एक अदालतले बांग्लादेश नेशनल पार्टीकी प्रमुख एवम् पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको एक मुद्दामा सुनुवाई गर्दै सात वर्ष कैद सजाय सुनुएको छ ।
अदालतले खालिदालाई १० लाख टका जरिवानाको समेत फैसला गरेको छ । यसअघि नै अर्को एक मुद्दामा गत फेब्रुअरी महिनामा उनी पाँच वर्षका लागि जेल परेकी थिइन् ।
बांग्लादेशको भ्रष्टाचार विरुद्धको आयोगले सन् २०११ मा खालिदालाई सत्ताको दुरुपयोग गर्दै उनको नाममा रहेको ट्रष्टका लागि अज्ञात स्रोतबाट सवा तीन करोड टाका लिएको आरोपमा मुद्दा दर्ता गरेको थियो ।
सात वर्षअघि दर्ता भएको मुद्दामा १२ कात्तिकमा फैसला भएको हो ।
Comments