Sajhamanch Archive

एसएलआर ट्रेड एण्ड टेक्नोले ल्यायो बिर्तामोडमा नयाँ मोटरसाइकल

Published: in अर्थतन्त्र by .

बिर्तामोड । नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर ट्रेड एण्ड टेक्नो प्रालिले पूर्वमा मोटर जेड कम्पनीको मोटरसाइकल लञ्च गरेको छ ।

झापाको बिर्तामोड ५ स्थित महानन्द चोकमा पूर्वका लागि आधिकारिक बिक्रेता टुस्टार ट्रेडले मोटर जेड मोटरसाइकल सार्वजनिक गरेको हो । ट्रेडले पत्रकार भेटघाटका क्रममा सो मोटरसाइकल लञ्च गरेको हो ।

१५० देखि २५० सीसीसम्मको इञ्जिन क्षमता भएको, युवा वर्गलाई लक्षित गरी पूर्वमा लञ्च गरिएको मोटरसाइकल बिर्तामोडमा उपलब्ध हुने ट्रेडका सञ्चालक कर्मसेन गोम्देनले बताए ।

तीन लाख रुपैयाँदेखि चार लाख ३५ हजारसम्म मूल्य पर्ने उक्त वाइक ३५ हजार ५११ किलोमिटर गुडाएर गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको अर्का सञ्चालक सुरज सापकोटाले जानकारी दिए ।

एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको शोरुममा सर्भिस र स्पेयर पार्टस्समेत सहज रुपमा उपलब्ध गराइने सञ्चालक गोम्देनले बताए ।

आइतबार बिर्तामोडमा लञ्च गरिएको सो मोटरसाइकल तीनवटा एकैदिनमा बिक्री भएको जनाइएको छ । मोटरसाइकलको पहिलो खरिदकर्ता बिर्तामोड ३ का इन्द्रबहादुर बुढाथोकी रहेको सञ्चालक गोम्देनले बताए ।

सो मोटरसाइकल ३५ किलोमिटर माइलेज दिने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *