Sajhamanch Archive

छैठ पूजाको अवसरमा बिर्ताबजार सरसफाई

Published: in समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ बिर्ताबजार नजिकै अन्दुवा खोलामा घाट बनाएर आज छैठ पूजा गरिँदैछ ।

मैथिल समुदायको बाक्लो बसोबास रहेको सो क्षेत्रमा विगत लामो समयदेखि बिर्ताबजारको उक्त घाटमा छैठ पूजा गरिँदै आएको हो ।

छैठ पूजामा विशेषगरी शुद्धता, पवित्रता र सरसफाईमा ध्यान दिइने गरिएकाले सोही अवसर पारेर आज बिर्ताबजारको सरसफाई गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष भोजराज सिटौलाले सरसफाई कार्यक्रमको संयोजन गरेको जनाइएको छ ।

विर्ता सामुदायिक प्रहरी सेवा केन्द्र र बिर्ताबजार प्रहरी चौकीले आयोजना गरेको बजार सरसफाई कार्यक्रममा स्थानीय भद्रभलाद्मीहरु पनि सहभागी थिए ।

वडा कार्यालय परिसर, दुर्गा मन्दिर परिसर, बजार क्षेत्र हुँदै अन्दुवा खोलासम्म सरसफाई गरिएको विर्ता सामुदायिक प्रहरी सेवा केन्द्रका मदन आचार्यले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *