Sajhamanch Archive

पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

पाँचथर । आजदेखि राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । २०७५ असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु गरिएको थियो ।
आज पाँचथरको फिदिममा एक समारोह गरेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका एक लाख १७ हजार नागरिकलाई परिचय पत्र वितरण गर्ने कार्य अनुरुप आजबाट परिचय पत्र वितरणको सुरु गरिएको हो ।

गृहमन्त्री राम बहादुर थापा बादलले १०१ वर्षिया भगवतीदेवी भण्डारीलाई परिचय पत्र प्रदान गरेर यसको औपचारिक सुरुवात गरेका हुन् । त्यस्तै बृद्धा भण्डारीबाट गृहमन्त्री थापाले पनि परिचय पत्र ग्रहण गरेका छन् । परिचय पत्र ग्रहण गर्दै नेपालमै पहिलो पटक परिचय पत्र लिन पाउँदा आफू धेरै खुसी भएको बृद्धा भण्डारीले बताइन् । त्यस्तै, मन्त्री थापाले आफूले पनि ज्येष्ठ आमाको हातबाट परिचयपत्र पाउँदा भाग्यमानी भएको बताए ।

नेपाल सरकारले यसै आर्थिक वर्षमा प्रदेश नम्बर १ का झापा र संखुवासभा, प्रदेश नम्बर २ का महोत्तरी र सप्तरी, प्रदेश नम्बर ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहँु र स्याङ्जा, प्रदेश नम्बर ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *