Sajhamanch Archive

प्रदेश १ मा दशनामीहरुको तथ्याङ्क संकलन गरिने

Published: in समाज by .

बिर्तामोड । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले मातहत १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने निर्णय गरेको छ । शनिबार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा बसेको समाजको प्रदेश १ दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सबै जिल्लामा दशनामी अतिथि गृहका निर्माणका लागि पहल गर्ने लगायतका निर्णय गरेको जनाइएको छ ।

नेपाल दशनामी समाज प्रदेश नम्बर १ का अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दबिक्रम गिरीको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

वैठकले प्रदेश महिला सदस्यमा सुशिला गिरी र प्रदेश सदस्यमा बालकृष्ण गिरीलाई मननेनित गरेको र अन्य जिल्लाबाट पनि प्रदेशको महिला र युवा सदस्यहरु मनोनित गरेको अध्यक्ष गिरीले बताए । कार्यक्रममा समाजका झापाका विभिन्न नगर तथा गाउँपालिकाका प्रतिनिधिसहित प्रदेश नं. १ का विभिन्न तह र तप्कामा रहेका समाजका प्रतिनिधिहरको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रेमराज भारतीले गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *