Sajhamanch Archive

पूर्व जनमुक्ति सेनाको ताजा निर्णयहरु

Published: in राष्ट्रिय समाचार, समाज by .

दमक । तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धका सेनाहरुको संगठन पूर्व जनमुक्ति सेना नेपालको प्रथम राष्ट्रिय भेला आयोजक समितिले विभिन्न निर्णयहरु गरेको छ ।

संगठनको सचिवालय बैठकले गरेका निर्णयहरु संयोजक प्रविन तामाङले विज्ञप्ती मार्फत आइतबार सार्वजनिक गरेका हुन् । वाइसिएल, बहिर्गमित जनमुक्ति सेना र अवकाश प्राप्त जनसेनाको समेत साझा संगठनको रुपमा रहेको भनिएको सो संगठनले ७५ सदस्यीय केन्द्रीय भेला आयोजक समितिमा थप गरी १५३ सदस्यीय बनाउने निर्णय गरेको छ ।

त्यसैगरी २५ सदस्यीय सचिवालयमा थप गरी ५१ सदस्यीय बनाउने निर्णय गरेको छ । सो संगठनले आफूहरुको अवस्था, योगदान संगठनको महत्व तथा मागहरुबारे राजनीतिक नेतृत्वलाई जानकारी गराउन राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्ने, फागुन १४ मा राष्ट्रियस्तरको व्यापक कार्यक्रम गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सदस्य प्रशान्तले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *