Sajhamanch Archive

नवोदय सहकारीमा नयाँ नेतृत्व चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

दमक । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आज सम्पन्न २०औं वार्षिक साधारणसभाले ४ वर्षे कार्यकालका लागि शरणकुमार पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

शिक्षासेवी हिमप्रसाद दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले गत मंसीर ३ गतेबाट सुरु गरेको निर्वाचन कार्यक्रमबाट निवर्तमान उपाध्यक्ष पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्न सफल भएको जनाइएको छ । नवनिर्वाचित अध्यक्ष पराजुली संस्थाको संस्थापक अध्यक्ष पनि रहेको बताइएको छ । सञ्चालक समितिको उपाध्यक्षमा बलराम गजुरेल चयन भएका छन् ।

संस्थाको सञ्चालक सदस्यहरुमा सूर्यप्रसाद दंगाल, पुष्पप्रसाद बाँस्तोला, शिरोमणि अधिकारी, खगेन्द्र बाराकोटी सर्वसम्मत भ एभने महिला सदस्यमा लक्ष्मीकुमारी अधिकारी, तिलरुपा सुवेदी (दाहाल) र शान्तादेवी बराल सर्वसम्मत निवाचित भएका निर्वाचन समिति संयोजक दाहालले घोषणा गरे ।

लेखा समिति संयोजकमा डम्बरकुमार पौडेल तथा सदस्यहरुमा भुवन भण्डारी र तारादेवी न्यौपाने निर्विरोध निवाचित भएका निर्वाचन समितिका संयोजक दाहालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *