Sajhamanch Archive

स्वर्गद्वाराीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

Published: in सहकारी by .

भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को पाँचौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा सहकारी अभियन्ता देवीप्रसाद दाहालको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको थियो ।

अध्यक्ष थापाले वार्षिक गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गर्दै २ लाख ९७ हजार ६७३ रुपैयाँको खुद नाफा भएको जानकारी गराए । प्रकाश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा झापा सामुदायिक सहकारीका अध्यक्ष विवेक पोखरेललगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *