Sajhamanch Archive

बिर्तामोड युनाईटेडलाई आदर्शको उपाधि

Published: (Updated: ) in विविधा by .

मेचीनगर । झापाको मेचीनगरमा भएको आदर्श नकआउट फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाईटेडले न्यू स्टार खोपबाडीलाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि उचालेको छ । मेची विद्योदय प्राविको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तरगत शनिबारको फाइनल खेलमा दर्शकको भरपुर समर्थन पाएका दुवै टिमले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए ।

फाइनल खेलको पहिलो हाफमा बिर्तामोड युनाईटेडका बिकेश लिम्बूले गोल गर्दै खाता खोलेका थिए । दोस्रो हाफमा पनि बिर्तामोड युनाईटेडका बिकेश लिम्बूले अर्को गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । दोस्रो हाफमा न्यू स्टार खोपबाडीका बिशाल दर्जीले गोल गरेर आफ्नो टिमलाई लयमा ल्याउने प्रयास गरेका थिए । तर बिर्तामोड युनाईटेडका बिकेश लिम्बुले पुनः गोल गर्दै ह्याट्रिक गरेर आफ्नो टिमलाई उपाधिको हकदार बनाए । लगत्तै न्यू स्टार खोपबाडीका अजय राजवंशीले गोल गर्दै टिमलाई बिजयको नजिक पु््याए थप गोल हुन सकेन ।

प्रतियोगितामा बिजेता हुने टिम बिर्तामोड युनाईटेडलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र फाइनल खेलका प्रमुख अतिथि प्रदेशसभा सांसद श्रीप्रसाद मैनाली लगायत अतिथिहरुले प्रदान गरेका थिए । उपविजेता न्यू स्टार क्लब खोपबाडीलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमाललगायतले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

आदर्श धिमाल समाजका अध्यक्ष संजय धिमालको अध्यक्षता सम्पन्न भएको प्रतियोगिता समापन कार्यक्रममा बिकेन्द्र धिमालले आमन्त्रितलाई शब्दले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार युवराज आचार्यले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *