Sajhamanch Archive

सन्थाल समुदायका कराते खेलाडीलाई गी निशुल्क

Published: in खेलकुद, समाज by .

बिर्तामोड । महेन्द्र रत्न कराते डोजो बिर्ताबजारमा कराते प्रशिक्षण लिइरहेका लोपोन्मुख सन्थाल समुदायका खेलाडीहरुलाई शनिबार कराते पोशाक (गी) प्रदान गरिएको छ ।

खेलप्रमी तथा समाजसेवी युवा बिरबहादुर तामाङ, देवेन्द्र सिटैला, भुपाल बुढाथोकी, महेन्द्र शाह, कौशिला चौधरीलगायतको अग्रसरतामा उक्त डोजोका १९ जना खेलाडीहरुलाई निशुल्क गी प्रदान गरेका हुन् ।

कराते खेलको विकास तथा विस्तार भएसँगै बिपन्न समुदायका बालबालिका पनि यसतर्फ आकर्षित भएका छन् । तर, मासिक तालिम शुल्क, गी तथा अन्य अवसरहरु लिन नसक्दा विपन्न समुदायका बालबालिकाहरुले खेलबाट पन्छिनु पर्ने बाध्यता छ । यही बाध्यतालाई नजिकबाट बुझेका समाजसेवीहरुले डोजोमा प्रशिक्षण लिइरहेका १९ जना बालबालिकालाई गी प्रदान गरेको बताइएको छ ।

बिर्ताबजार डोजोका प्रमुख प्रशिक्षक दुर्गाराज निरौलाका अनुसार एकमहिना अघि स्थानीय एक समाजसेवीले १५ सय रुपैयाँ पर्ने गी १० जना विपन्न बालबालिकालाई प्रदान गरेका थिए । त्यसैको निरन्तरताकारुपमा अन्य खेलप्रेमी युवाले सन्थाल समुदायका खेलाडीलाई गी प्रदान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *