Sajhamanch Archive

कमलको ज्योति माविमा भौतिक पूर्वाधार गर्न मन्त्री कार्कीले सघाउने

Published: in राष्ट्रिय समाचार, समाज by .

कमल । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कमल गाउँपालिका २ मा अवस्थित ज्योति माद्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका बारेमा आफू सकारात्मक रहेको बताएका छन् । मन्त्री कार्कीले विद्यालयको अवस्थाका बारेमा आफूलाई जानकारी भएको बताउँदै आफ्नो तर्फबाट आवश्यक पहल हुने आश्वासन दिँदै पूर्वाधार विकासमा कमल गाउँपालिकाले तत्कालै काम थाल्नुपर्ने सुझाएका छन् ।

कमल– २, भुतलुङ्गमा रहेको सो विद्यालयको ५३औं वार्षिकोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री कार्कीले यस्तो बताउनु भएको हो । विद्यालयको पश्चिमपट्टी रहेको भुतलुङ्ग खोलाले बर्सेनि कटान गर्दा विद्यालयलाई असर परिरहेको विषयमा आफू जानकार रहेको सुनाउँदै मन्त्री कार्कीले त्यसको तत्काल व्यवस्थापन गर्न गाउँपालिकालाई सचेत गराएका हुन् ।

?

सो विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन थालेकोमा आफूलाई खुसीलागेको भन्दै विद्यालयका प्रधानाध्यापकसहित विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिए । विद्यालयको ५३औं वार्षिकोत्सवको अवसरमा मन्त्री कार्की र कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ज्योति सामुदायिक पुस्तकालयको उद्घाटन तथा स्वर्ण जयन्ती स्तम्भको शिल्यान्यास गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्याक नगेन्द्र बस्नेतले विद्यालयको गतिविधीका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयका सहायक पधानाध्यापक गोपालप्रसाद भट्टराईले कार्यक्रममा आमन्त्रित तथा अतिथिहरुलाई शब्द स्वागत गरेका थिए ।

सोही कार्यक्रममा झापा युनिटी युवा क्लवले शारीरिकरुपमा असक्त सुरेश माझी र निरकुमार श्रेष्ठलाई ह्वील चियर प्रदान गरियो । यसैगरी ज्येष्ठ नागरिकहरु रस्का मुर्मु सतार, पदमबहादुर बर्देवा, दलबहादुर धिमाल, हिक्मतबहादुर माझी र जेठा धिमाललाई सम्मान प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *