एमआइटी विश्वविद्यालय महाराष्ट्र पुगे प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे
Published:
by .झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वमा भारतको महाराष्ट्र गएको भ्रमण दलले पुणेस्थित एमआइटी विश्व शान्ति विश्वविद्यालयको अवलोकन गरेको छ ।
५ दिने भ्रमणको दोस्रो दिन एमआइटी विश्व शान्ति विश्वविद्यालयका संस्थापक प्रोफेसर डा. विश्वनाथ डी. कराडसँग सामाजिक विकास मन्त्री घिमिरेसहितको नेपाली भ्रमण टोलीले भेट गरी प्रदेश १ को शैक्षिक गुणस्तर बृद्धिका बारेमा छलफल गरेको जनाइएको छ ।
भ्रमण टोलीमा मन्त्री घिमिरेसहित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई वडा नं २ का अध्यक्ष तथा वातावरण संयोजक परशुराम गिरी, दमक नगरपालिका वडा नं ६ का अध्यक्ष तथा वातावरण संयोजक टेकबहादुर थापा, अन्तराष्ट्रिय युवा समितिका नेपाल संयोजक तथा अन्तर्राष्ट्रिय सहमहासचिव राजकुमार कट्टेल, कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा पब्लिकका प्रबन्ध निर्देशक दिपक चापागाई, बायोग्यासविद जीवन श्रेष्ठ र नेक्स्ट एरा उर्जा कम्पनीका प्राविधिक पवन घिमिरेको सहभागिता रहेको छ ।
नेपाली टोलीको नेतृत्व गरिएरहेका मन्त्री घिमिरेले प्रस्तावित मनमोहन प्राविधिक विश्व विद्यालय तथा एमआइटी विश्व शान्ति विश्वविधालय बीच मैत्री सम्वन्ध स्थापनाका साथै खोज अनुसन्धान, प्रविधिको विकास, सांस्कृतिक आदान प्रदान, पर्यटन प्रवद्र्धनका लागि आपसी सहयोग आदानप्रदान गर्ने प्रस्तावलाई सो विश्वविद्यालयका थर्फबाट स्वीकार गरिएको जनाइएको छ ।
उक्त भेटको अवसरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विश्वविद्यालय मार्फत जैविक खेती र वातावरण संरक्षणका लागि नेपाललाई अध्ययन केन्द्र बनाउन अनुरोध गरेका थिए ।
त्यसैगरी अन्तर्राष्ट्रिय युवा समितिका पुणे संयोजक सुरजा गाइक्वार्ड नेतृत्वको टोलीले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सर्वोच्च शिखर सगरमाथाको फेदीमा आयोजना गर्ने प्रस्तावलाई मन्त्री घिमिरेले स्वीकार गर्दै कार्यक्रम सम्पन्न गर्न आफ्नो मन्त्रालय र प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको भ्रमण दलका राजकुमार कट्टेलले जानकारी दिएका छन् ।
Comments