‘माबुधाम’मा लिम्बू र नेपाली गीत संग्रह
Published:
by .दमक । माङसेबुङ इलामका प्रकाश सावादेन र स्वस्तिका सावादेन बाबुछोरीको स्वर भरिएको लोक तथा आधुनिक गिती संग्रह ‘माबुधाम’ को हालै लोकार्पण गरिएको छ ।
किरात धर्मगुरु आत्मनन्द लिङ्देनले सो गिती संग्रहको विमोचन गरिदिएका हुन् । धर्मगुरुको ६५औं जन्मोत्सवको अवसरमा गुरुको हातबाट एल्बम विमोचन गरिएको हो ।
प्रकाश सावदेन, देवीका राई, विजय श्रेष्ठ र सुमन लाओतीको शब्दमा सिर्जना गरिएका ७ वटा गीतहरुको संगालो ‘माबुधाम’ मा प्रकाश सावदेन, विजय श्रेष्ठ, नरेश लिङ्देन लगायतले संगीत भरेका छन् ।
सानै उमेरदेखि सांगीतिक भोक सहँदै आएका सावादेनले गएको ५ वर्षदेखि सिर्जना पस्किन थालेको बताउँछन् । उनले हालसम्म लिम्बू र नेपाली दुवै भाषमा १२ वटाभन्दा बढी गीतमा शब्दहरुको माला उनिसकेका छन् भने संगीत पनि गर्दै आएको बताएका छन् ।
प्रकाशले आफ्नी छोरी स्वस्तिकाको संगीतमोह चिनेर उनलाई पनि साथै लिएर हिड्न थालेका छन् । दुई वर्ष अघिदेखि सांगीतिक क्षेत्रमा पाइला टेकेकी १४ वर्षीया स्वस्तिकाले गीति एल्बम ‘माबुधाम’का तीनवटा गीतमा स्वर भरेकी छन् ।
सावादेन परिवारले गीत संगीतको माध्यमबाट लिम्बू भाषा तथा संस्कृतिको संरक्षण गर्ने मनसायले नेपाली र लिम्बू भाषामा सिर्जना पस्किँदै गरेको बताएका छन् ।
Comments