Sajhamanch Archive

खुल्ला दिसामुक्त झापा, कागजमा मात्रै कि !

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by .

भद्रपुर । झापा जिल्लालाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पूर्ण सरसफाई जिल्लाको मान्यता सहितको स्वीकृत पत्र पठाएकाले पुष १३ गते खुला दिसामुक्त जिल्ला घोषणाको तयारी भइसकेको छ । तर खुला दिसामुक्त जिल्ला घोषणा गर्ने मञ्चको आधा किलोमिटर उत्तर पूर्वको दृश्य देख्नेहरुका लागि अभियन्ताहरु वास्तविकतालाई ढाकछोप गरेर चर्चा कमाउँदैछन् भन्ने लागेको छ ।

जिल्ला कारागार भद्रपुरका ७०० भन्दा बढी कैदीबन्दीको शौच व्यवस्थापन गर्नसमेत असक्षम प्रशासनले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने स्थान त्यसैको नजिक तोकिनुले दिसा पिसाबयुक्त पानीले गिज्याइरहेको छ ।

दुई हप्ता अगाडि खुला दिसामुक्त भएको भद्रपुर नगरपालिका भित्रको ९ नम्बर वडामा रहेको जिल्ला कारागारबाट उत्पन्न हुने फोहोरजन्य पानी तथा दिशापिसाव व्यवस्थापनको निकास दिने ढल नभएका कारण दुई दर्जन बढी घर परिवार प्रत्यक्ष डुवानमा परेका हुन् ।

यसको असर सदरमुकाम आसपास परिरहे पनि जिम्मेवार निकाय बेखबर रहेको देखिँदा खुला दिसामुक्त जिल्ला कागजी मात्र हो कि भन्ने प्रश्न उठेको छ । पौष १३ गते खुला दिसामुक्त घोषित हुने झापा जिल्ला सरसफाई समन्वयमा कमजोर रहेको दृष्य कारागारको फोहोर अस्तव्यस्तताले पुष्टि गरिरहेको छैन र !

जिल्ला सदरमुकामसमेत रहेको नेपाल कै पुरानो नगरपालिकामा रहेको जिल्ला कारागार झापाबाट उत्पादन हुने फोहोरको व्यवस्थापन गर्न सरकारी संयन्त्र असफल हुँदा आसपासका बासिन्दाको स्वास्थ्य माथि चुनौति बढेको छ । १५ वर्षयता स्थानीयले कारागार प्रशासनलाई फोहोर व्यवस्थापन गर्न दवाव दिँदै आएको भए पनि जिम्मेवार निकायले सुनुवाई नगरेको स्थानीयको आरोप छ ।

दैनिक उत्पादन हुने फोहोर व्यवस्थापनका लागि भौतिक संरचना निर्माण गर्न कारागार विभागसँंग २२ लाख माग गरेको रकम नआएकोले फोहोरको उचित व्यवस्थापन गर्न कठिनाई भइरहेको कारागार प्रशासनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *