नेविसंघ झापामा नयाँ नेतृत्वः राजेन्द्र उप्रेती सभापति
Published:
by .बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाको सभापतिमा राजेन्द्र उप्रेती निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार प्रतिष्पर्धी इश्वरी न्यौपानेलाई ३८८ मतान्तरले पछि पार्दै उप्रेती निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक यज्ञलक्ष्मी चौंलागाईले दिएको जानकारी अनुसार सभापतिमा निर्वाचित उप्रेतीले ४५२ मत प्राप्त गर्दा न्यौपानेले ६४ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा नारायण नेपाल निर्वाचित भएका छन् । प्रतिष्पर्धी विनोद चापागाईं र कमल दाहाललाई पछि पार्दै नेपाल ४२७ मत प्राप्त गरी सचिवमा निर्वाचित भएका हुन् । यसैगरी कोषाध्यक्षमा नवराज ढकाल निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार मनिता सिटौलालाई पछि पार्दै कोषाध्यक्षमा निर्वाचित भएका निर्वाचिन समिति संयोजक चौलागाईले बताइन् ।
समितिको २२ सदस्यीय कार्यसमिति सदस्यहरुमा मिलन चापागाई, अजय आले, अर्जुन भट्टराई, एलेक्स मैनाली, ओमप्रकाश दाहाल, निर्मल दाहाल, भवानी काफ्ले, भुपेनसिंह थेवे, विकास बस्नेत, बसन्त ढकाल, सुरज खड्का, संजिव पौडेल, समिर गिरी, विनोद उप्रेती निर्वाचित भएका छन् ।
नवनिर्वाचित नेतृत्वलाई आज पद हस्तान्तरण तथा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । १२औं जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक यज्ञलक्ष्मी चौंलागाईको अध्यक्षता तथा जिल्ला पार्टी सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा पद हस्तान्तरण भएको हो । कार्यक्रममा निर्वाचन समितिका तर्फबाट सभापति राजेन्द्र उप्रेतीसहित नवनिर्वाचित जिल्ला नेतृत्वलाई प्रमाणपत्र प्रदान गरियो ।
सोही कार्यक्रममा अघिल्लो कार्यसमितिका सभापति रोशन विष्टलेले पद हस्तान्तरण पनि गरे । पत्रकार राजेन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान सभापति विष्टले विदाई मन्तव्य राखेका थिए भने नवनिर्वाचित सभापति राजेन्द्र उप्रेतीले प्रतिवद्धता मन्तव्य प्रकट गरे ।
Comments