काँकरभिट्टाको भट्टराई चोकमा मिनी नुडल्स उद्योग
Published:
by .काँकरभिटटा । काँकरभिट्टा–बाहुनडाँगी रोडमा पर्ने भट्टराई चोकमा आजदेखि रेहाना मिनी इन्स्ट्न्ट नुडल्स उद्योग सञ्चालनमा ल्याइएको छ । मिनी इन्स्ट्न्ट नुडल्स उद्योगले घरेलु हाफ बोएल थुुुप्पाको उत्पादन गर्ने जनाइएको छ ।
सो मिनी इन्स्ट्न्ट नुडल्स उद्योगले दैनिक रुपमा ५० केजीसम्म थुुुप्पा उत्पादन गर्न सक्ने सञ्चालक सागर गौतमले जानकारी दिए । एक वर्ष अघिदेखि बिर्तामाडको शनिश्चरेरोडमा सञ्चालित सो नुडल्स उद्योगको मेसिन काँकरभिटटाको भट्टराई चोकमा ल्याए सञ्चालन थालिएको उद्योगी गौतमले बताए ।
“आफ्नै ठाउँमा बसेर निरन्तर मेहनत, परिश्रम र लगनशील हुने हो भने स्वदेशमा नै प्रशास्त फाइदा लिन सकिने” सञ्चालक गौतम बताउँछन् । मेचीनगरका युवा व्यावसायी रमेश गुरुङको प्रेरणा र हौसलाले मिनी इन्स्ट्न्ट नुडल्स उद्योग सञ्चालनमा ल्याएको गौतमको भनाई छ । थोरै लगानीका आफ्नै घरठाउँमा उद्योग सञ्चालनमा ल्याएर स्थानीय युवालाई स्वरोजगार एवम् आत्मनिर्भर बन्न उत्प्रेरित गर्न सकिने गौतम बताउँछन् ।
Comments