Sajhamanch Archive

क्यान इन्फोटेक २०१९ को फरक प्रचार शैली

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । यही पुष १९ गतेदेखि २३ गते अर्थात् जनवरी ३–७, २०१९ मा क्यान मोरङले आयोजना गरेको क्यान इन्फोटेक २०१९ को प्रचार रोड शो मार्फत गरिएको छ । विराटनगरमा हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१९ को तयारी तीव्र पारिएको हो ।

विराटनगरको जैन भवनमा सञ्चालन गरिने क्यान इन्फोटकमा सहभागिताका आज झापाको बिर्तामोडमा रोड शोमार्फत् आग्रह गरिएको छ । बिर्तामोडको मुक्तिचोक अगाडि नृत्यसहितको रोड शो यस्तो थियो ।

विराटगरस्थित जैन भवनमा हुने इन्फोटेकको प्रचारप्रसार कार्यक्रमलाई सफल बनाउन सांस्कृतिक कार्यक्रमसहितको रोड–शो गरिएको छ । झापाको बिर्तामोडमा पनि आइतवार रोड शो गरिएको हो ।

बिर्तामोडस्थित हनुमान सेन्ट्रल अगाडि भएको कार्यक्रममा न्यूक्लियर डान्स ग्याङ सुनसरीका कलाकारहरुले सांस्कृतिक कार्यक्रम गरेका थिए । क्यान इन्फोटेक बारे सर्वसाधारणलाई जानकारी दिन उद्देश्यले रोड शो गरिएको न्यूक्लियर डान्स ग्याङका कोरियोग्राफर तथा संस्थापक रेमो रोयले जानकारी दिए ।

आगामी पुस २३ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकमा आकर्षणका विषयहरु समावेश गरिएको क्यान महासंघ मोरङका सचिव सुमितकुमार साहले जानकारी दिए । इन्फोटेक अवलोकनकर्ताले लक्की ड्रमा दुबई भ्रमणको ट्रिपसमेत जित्न सक्ने उनले बताए ।

क्यान इन्फोटेकलाई प्रडक्ट बेच्ने थलोको रूपमा नभई विभिन्न नयाँ प्रविधिको प्रदर्शनीको अलावा रोबोकप, ह्याकथन, पब्जी गेम, भिडियो च्यालेन्ज जस्ता कम्पिटिशन समावेश गरी नयाँ तरिकाले आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

१२० स्टल रहने इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लयायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुने र यसगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक संस्थाहरु पनि इन्फोटेकमा सहभागी हुने उनले बताए । अहिलेसम्म ५० प्रतिशत स्टल तथा स्पोन्सरहरु कन्फर्म भइसकेको स्टल व्यवस्थापक शौरभ गोल्छाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *