बिर्तामोडका नगरप्रमुख शिवाकोटीले बौद्ध धर्मावलम्बीलाई अपमान गरे !
Published:
by .बिर्तामोड । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् झापाले ल्होसार पर्वका दिन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बौद्धधर्म–संस्कारको अपमान गरेको आरोप लगाएको छ ।
परिषद्ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बौद्धधर्म–संस्कारमा विशेष महत्व रहेको ‘खादा’को विषयमा नगरप्रमुख शिवाकोटीले अन्त्यतै तल्लोस्तरको शब्द प्रयोग गरेर अपमान गरेको जनाएको हो ।
तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् झापाले विज्ञप्तीमार्फत् पनि नगरप्रमुखको अभिव्यक्तिलाई आपत्तीजनक भनेको छ ।
पुस १५ गते तमु ल्होसारका दिन बिर्तामोड १० स्थित धर्मचक्र गुम्बामा आयोजित ‘तमु ल्होसार विषेश कार्यक्रम’मा प्रमुख अतिथि बनाइएका नगरप्रमुख शिवाकोटीले ‘खादाको प्रयोग बिर्तामोडमा मैले प्रतिबन्ध गरेको छु । खादा किन्ने पैसाले रोगीको उपचार गर्नुपर्छ । खादा बच्चाको आची पुछ्न र घरमा पुछ्न पनि काम आउँदैन । यहाँ वडाध्यक्षज्यूहरुलाई पनि खादा प्रतिबन्ध गरेको छु’ जस्ता अभिव्यक्ति दिएका नगरप्रमुख शिवाकोटीको मन्तव्यको भिडियो देखाएरै आपत्ती जनाएका हो ।
हुर्नुस् विज्ञप्ती …………
Comments