Sajhamanch Archive

सिम्रिकको १३औं कार्यालय पाडाजुँगीमा खुल्यो

Published: in मुख्य समाचार, सहकारी by .

पाडाजुँगी (कमल) । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकामा सेवा केन्द्र विस्तार गरेको छ ।

संस्थाले आफ्नो १३औं सेवाकेन्द्रका रुपमा पाडाजुँगीमा कार्यालय स्थापना गरी बुधबार उद्घाटन गरेको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सेवा केन्द्र कार्यालयको ढोकामा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएकी हुन् ।

संस्थाका अध्यक्ष कमल बहादुर बस्नेतको अध्यक्षतामा आयोजित सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाको संस्थागत एवम् वित्तीय विवरणहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा अध्यक्ष बस्नेतले झापाका सबै सहरमा सिम्रिक सहकारी पुगेको जानकारी गराए ।

पछिल्लो तथ्याङ्कअनुसार सिम्रिकमा १९ हजार २८५ जना शेयर सदस्यबाट ५८ करोड रुपैयाँ शेयर रकम संकलन गरिएको तथा ४९ करोड रुपैयाँ निक्षेप जम्मा रहेको अध्यक्ष बस्नेतले अवगत गराए ।

संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको सेवा केन्द्र उद्घाटन कार्यक्रममा ५० हजार रुपैयाँभन्दा बढीको शेयर खरिद गर्ने सदस्यहरुलाई प्रशंशापत्र प्रदान गरिएको छ ।

सहकारीको सामाजिक सेवा कार्यलाई सधैंभरि आत्मसाथ गर्दै आएको सिम्रिक साकोसले आफ्ना सदस्यहरुको उपचारमा सहयोग गर्न राहत पनि प्रदान गरेको छ । संस्थाका सदस्यहरु गौरादहका खगेन्द्रप्रसाद ढुंगानाको टाउकोको उपचारका लागि ८ हजार रुपैयाँ, टेकबहादुर कटवाललाई नाकको शल्यक्रिया गर्न २ हजार रुपैयाँ र भानुभक्त पौडेललाई कुकुरले टोकेको उपचार गर्न १५ सय रुपैयाँ प्रदान गरियो ।

कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले सिम्रिकले कमल गाउँपालिकामा सेवा विस्तार गरेर वित्तीय सेवा प्रदान गर्न थालेकोमा खुशी व्यक्त गरिन् । उनले सहकारीका अगाडि थुप्रै सम्भावनाहरु रहेपनि ऐन, नीति र नियमहरुको घेराबन्दीमा परेका कारण सोचेजस्तो प्रगति हुन नसकेको टिप्पणी गरिन् ।

सो अवसरमा स्थानीय सहकारी संस्थाका सञ्चालकहरु, जनप्रतिनिधि तथा सेवाग्राहीहरुको उल्लेख्य सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *