Sajhamanch Archive

सतासीमा घर जग्गाको मूल्याङ्कन अभिमुखीकरण

Published: in सहकारी by .

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्थाका सञ्चालक सदस्यहरु, उपसमिति एवम् कर्मचारीहरुलाई धितोमा राखिने घर जग्गाको मूल्याङ्कन सम्बन्धी सहजीकरण गरिएको छ ।

संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने कर्जाको सुरक्षणमा राखिने भौतिक संरचना वा वस्तु धितोको सही मूल्याङ्कन नहुँदा वा गलत स्थानको जमिन धितोमा लिँदा आउने समस्याका बारेमा सहजीकरण गरिएको हो ।

इन्जीनियर विकेन्द्र श्रेष्ठले सहजीकरण गरेको घर जग्गाको मूल्याङ्कन सम्बन्धी अभिमुखीकरणबाट समिति, उपसमितिका सदस्यहरु एवम् कर्मचारीहरुले गुणस्तरीय कर्जा लगानीका लागि क्षमता वृद्धि भएको बताएका छन् ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा तालिम संयोजक ध्रुब कनाल, जगतबहादुर तामाङ, प्रबन्धक सन्तोषकुमार श्रेष्ठलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *