पथरीका पत्रकार तिम्सिनालाई दुव्र्यवहार
Published:
by .पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक, मकालु टेलिभिजनका संवाददाता भूपेन्द्र तिम्सिनामाथि दुव्र्यवहार गरेको आरोप छ ।
‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरी शनिश्चरेको तर्फबाट आज दिउँसो सो नगरपालिका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि समाचारमा बिकेको आरोप लगाउँदै तथानाम गाली गलौच गरेको पत्रकार तिम्सिनाले बताएका छन् ।
पत्रकार तिम्सिनाले सुरेन्द्र चापागाईं र रमेश राईसँग समितिको कागजात माग्दा ‘हाम्रो समाचार नलेख्ने मान्छेलाई किन दिनु’ भन्दै भट्टराइले अपमान गरेका थिए । भट्टराईले यसअघि अन्य ठाउँमा पनि मानमर्दन गर्दै आएको तिम्सिनाले बताएका छन् ।
पत्रकार तिम्सिना माथि भएको यस्तो दुव्र्यवहारको नेपाल पत्रकार महासंघ मोरङ शाखा, सञ्चार क्लव नेपाल उर्लाबारी र नेपाल पत्रकार मञ्च मोरङले अलग अलग विज्ञप्ति जारी गरी भत्सर्ना गरेका छन् ।
आफूलाई सामाजिक अगुवा बताउने निज भट्टराइले समितिका सदस्य तथा नगरपालिका जनप्रतिनिधिसामु सार्वजनिक रुपमा चरित्र हत्या गर्नु स्वतन्त्र र व्यावसायिक पत्रकारिता माथिको आक्रमण भएको पत्रकारजन्य संघ–संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Comments