Sajhamanch Archive

एनएमसीमा व्यावसायिक च्याउ उत्पादन तालिम र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Published: in सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला समिति र अतिरिक्त क्रियालकलाप तथा सामुदायिक सरोकार समितिले भिन्नाभिन्नै रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

महिला समितिले विगत वर्षमा झैं यसवर्ष पनि व्यावसायिक च्याउ उत्पादन तालिम प्रदान गरेको छ । सुरुङ्गामा बिहीबारबाट सुरु भएको च्याउ उत्पादन तालिम शुक्रबार सम्पन्न भएको हो ।

च्याउलाई व्यासासयिकरुपमा उत्पादन गर्न संस्थाले सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइएको समितिका संयोजक भगवती घिमिरे मैनालीले जानकारी दिइन् ।

तालिममा चारआलीका एनएमसी सदस्य शिवकुमार भण्डारीले सहजीकरण गरेका थिए । तालिममा २८ जना सदस्यले व्यावसायिक च्याउ उत्पादन तालिम लिएको समितिका सदस्य सचिव तेजकुमारी घिमिरेले बताइन् ।

त्यसैगरी संस्था अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नम्बर २, ४ र ५ अन्तर्गतका माविस्तरीय वक्तृत्वकलाको उपाधि अनारमनीस्थित कञ्चनजङ्घा माविका अभिषेक सुवेदीले जितेका छन् ।

१२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा बिर्तामोड–९ स्थित दुर्गा माविका रविना ढकाल दोस्रो र कनकाई–६ स्थित चम्पापुर माविका समिर चुडाल तेस्रो भएका छन् । त्यसैगरी बाह्रदशी–७ स्थित गौरीशंकर माविका सिर्जन निरौलाले सान्तवना पुरस्कार प्राप्त गरे ।

विजेता तथा उपविजेता विद्यार्थीलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईँले नगदसहित प्रमाणपत्रले प्रदान गरेकी छिन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईँले जिल्लामै नमूनाको रूपमा स्थापित भएको एनएमसीले शिक्षा क्षेत्रमा यस प्रकारका कार्यक्रममार्फत योगदान दिएकोमा प्रशंसा गरिन् ।

समितिका संयोजक माधवचन्द्र प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समिति सदस्य सावित्रा दाहाल भट्टराईले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *