Sajhamanch Archive

मनकामना कलेजमा भलिबलः छात्रहरुमा बिबिएस पहिलो वर्ष च्याम्पियन

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना कलेजमा एक सातादेखि जारी अन्तरकक्षा भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।

मानविकी, शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुने सो कलेजका कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका विद्यार्थीहरुले बनाएको ११ वटा कक्षागत समूहका बीचमा प्रतिष्पर्धा गराइएको सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईंले जानकारी दिए ।

आज बुधबार भएको छात्रतर्फको फाइनल खेल बिबिएस पहिलो वर्ष र कक्षा १२ मानविकी संकायबीच भएको हो ।

बेष्ट अफ फाइव विधिबाट खेलाइएको प्रतियोगिताको फाइनलमा २५–१८, २१–२५, २५–२१, र २५–१३ को सेटमा बिबिएस पहिलो वर्षले उपाधि जितेको छ । उपाधिसँगै बिबिएस पहिलो वर्षले नगद ५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजयी कक्षा १२ मानविकी संकायले ३ हजार रुपैयाँमा चित्त बुझायो ।

विजयी तथा उपविजयी टिमका विद्यार्थीहरुलाई क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, एजुकेशनल कोअर्डिनेटर कुमार थपलियालगायतले नगद पुरस्कार प्रदान गरेका थिए ।

हिजो मंगलबारको भएको छात्रातर्फको फाइनल खेलमा कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थीहरुले उपाधि उचालेका थिए । विजयी उपविजयी टिमलाई ट्रफी तथा मेडल कलेजको वार्षिकोत्सव समारोहमा प्रदान गरिने जनाइएको छ ।

सिङ्गो प्रतियोगिता सञ्चालन गर्न प्राध्यापकहरु हेमकुमार उप्रेती र दिपक पोखरेलले अम्पायरको भूमिका निर्वाह गरेका थिए । यस्तै ध्रुब गौतम र टेकबहादुर थापाले लाइन्स मेन तथा सुधिर सुवेदी, भेषराज चम्लागाईले खेल संयोजन गरेका थिए । प्रतियोगितामा नारायण भट्टराईले स्कोररको भूमिका निर्वाहा गरे ।

मनकामना कलेजमा वर्षेनी अन्तरकक्षा भलिबल प्रतियोगिता हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *