Sajhamanch Archive

बम्जनको आश्रममा प्रहरीः दुईजना नियन्त्रणमा ।। आनी र मेमेहरुमा कौतुहल

Published: in राष्ट्रिय समाचार by .

सिन्धुली । पछिल्लो समय विवाद र आशंकाको घेरामा रहेका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै दुईजनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट इन्द्रबहादुर स्याङतान र सर्लाहीका गोपाल योञ्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिन्धुली प्रहरी प्रमुख एसपी रामेश्वर यादवले उनीहरुलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । पक्राउ परेका स्याङतानमाथि सोधपुछ भइरहेको एसपी यादवले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले स्याङतानसँग सोधपुछ गरिरहेको जनाइएको छ । प्रहरी पहिलो चरणमा आश्रमबाट हराएका सञ्चालक वाईवाको अनुसन्धानमा केन्द्रित रहेको जनाइएको छ ।

बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा शिल गरी छानबिन पश्चात प्रहरी टोली त्यहाँ पुगेको हो ।

कमलामाई नगरपालिका ८ को पैरेमा करिब ४२ बिगाहा जमिनमा बम्जनको आश्रम छ । २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिइएको हो । विस्तृत विवरण सोधपुछपछि थाहा हुने उनको भनार्इ छ ।

बोधीधर्म श्रवण संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार प्रहरीले केही सोधपुछका लागि भनेर लगेको छ । प्रहरीले सिन्धुली आश्रममा छानबिन शुरु गरेसँगै त्यहाँ रहेका आनी तथा मेमेहरुमा कौतुहलता छाएको जनाइएको छ ।

– नयाँ पेजबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *