Sajhamanch Archive

झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने

Published: in खेलकुद by .

पाँचथर । पाँचथरको फिदिममा जारी १०औं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनल खेलमा झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने हुने भएका छन् । यी दुई टीम झापा गोल्डकपका चीर प्रतिद्वन्द्वी हुन् ।

आज भएको सेमीफाइनल खेलमा आर्मीले दार्जेलिङलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने हिजो सरस्वती युथ क्लबलाई हराउँदै झापा ११ फाइनलमा पुगेको थियो ।

आजको खेलमा आर्मीले दार्जेलिङलाई २–१ गोलले पराजित गरेको छ । खेलको १६औं मिनेटमा आर्मीका तर्फबाट राजेश पौडेलले एक गोल गरेका थिए । खेलको २१औं मिनेटमा दार्जेलिङका तर्फबाट सिद्धान्त क्षेत्रीले एक गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा बराबर खेलेका दुवै टीम हाफटाइम पछि आक्रमक बनेका थिए । दोस्रोहाफमा आर्मीले खेलको अन्तिम समय ८९ मिनेटमा तर्फबाट एरिक बिस्टले गोल थपेर आफ्नो टीमलाई फाइनलमा प्रवेस गराए ।

फाइनल खेल पुष ३० गते २ बजेबाट फिदिम उच्च माविको खेल मैदानमा हुनेछ ।
१६औं राट्रिय विभुति फाल्गुनन्द लिङ्देनको स्मृतिमा विगत १० वर्षदेखि फिदिम स्र्पोटिङ क्लबले सो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

खेलको बिजेतले नगद ४ लाख र उपविजेताले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको आयोजक फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले जनकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *