Sajhamanch Archive

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल

बेलायती प्रधानमन्त्री टेरेजा मे विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । राति झण्डै ४ घण्टा लामो छलफल पछि भएको मतदानमा ३ सय २५ सांसद्ले सरकारको पक्षमा र ३ सय ६ सांसद्ले सरकारको विपक्षमा मतदान गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्री मे ले यूरोपियन युनियन ईयू छाड्न भएको जनमत संग्रहको नतिजा पालना गर्ने र आफ्ना नागरिकसँग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधैं तयार रहने बताएकी छिन।

उहाँले सबै दलका नेतालाई ईयूबाट बाहिरिन नयाँ बाटो खोज्न सहयोग गर्न पनि अपील गर्नुभएको छ । बुधबार ईयूबाट बेलायत बाहिरिनेसम्बन्धी प्रधानमन्त्री मे को प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उहाँविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *