Sajhamanch Archive

डा: केसी काठमाडौँ , शिक्षण अस्पतालमा उपचार हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

अनशनको नवौँ दिनमा स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक भएपछि डा. गोविन्द केसीलाई इलामबाट काठमाडौँ ल्याइएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमाफर्त शुक्रबार बिहान ३ बजे काठमाडौँ पुगाइएको छ ।

उनको अहिले शिक्षण अस्पतालमा आईसियू कक्षमा राखेर उपचार भइरहेको डा. केसीको अनशन आन्दोलनका संयोजककर्ता देवराज भारद्वाजले जानकारी दिए ।

इलाममा अनशनरत डा.गोविन्द केसीको अवस्था चिन्ताजनक भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याउन सडकमार्गबाट भद्रपुरतर्फ लगिएको थियो । त्यहाबाट राति नै सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिभन्दा बाहिर गएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित रेको भन्दै केसी अनशनमा बसेका हुन्। केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित नभएसम्म लडाइ जारी राख्ने बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *