चन्द्रगढमा दुर्गाप्रसाद, राजवंशीमा जगेनलाल
Published:
by .भद्रपुर । चन्द्रगढ टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभाले दुर्गाप्रसाद दाहालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
आज सम्पन्न संस्थाको सभाले उपाध्यक्षमा पुष्प पोखरेल, सचिवमा डम्बर कुँवर, सहसचिव प्रमेश राजवंशी, कोषाध्यक्ष मुना रोक्कालाई चयन गरेको हो । संस्थाको सदस्यहरुमा विष्णु सापकोटा, नारायण नेपाली, भारती राजवंशी, पर्वत राजवंशी लगायत रहेको जनाइएको छ ।
लोकबहादुर कुँवरको अध्यक्षता तथा भद्रपुर १० नं. वडाध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभामा अध्यक्ष कुँवरले टोल विकास संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी, राजवंशी समाज कल्याण समितिको प्रथम सभाले जगेनलाल राजवंशीको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिलन राजवंशी, सचिव फरकचन राजवंशी, सहसचिव राकेश राजवंशी र कोषाध्यक्ष कान्द्रु राजवंशीलाई सर्वसम्मत चयन गरिएको हो ।
समितिका सदस्यहरुमा विष्णु राजवंशी, रञ्जित राजवंशी, भिम राजवंशी, हिरा हजामलगायत रहेका छन् । समितिको सल्लाहकार संयोजकमा असारु राजवंशीलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
जगेनलाल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा असारु राजवंशी, सुदिप राजवंशीलगायतले मन्तव्य राखेका थिए ।
Comments