एनएमसीमा इकाइस्तरीय हाजिरीजवाफ सुरु
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले अन्तर इकाई हाजिरीजवाफ प्रतियोगिता सुरु गरेको छ । संस्थाको इकाइमा आवद्ध शेयर सदस्यहरुबीच पहिलो चरणमा लिखित हाजिरीजवाफ गराई फाइनलका लागि कार्यालयगत सहभागी छनोट गरिएको हो । शनिबार बिर्तामोड कार्यालयमा अन्तरगतका २६ वटा इकाइका बीचमा छनोट चरण पूरा गरिएको छ । आगामी माघ ११ गते १५ वटै कार्यालयका बीचमा बिर्तामोडमा गराइने फाइनल प्रतियोगिताका लागि सहभागी छनोट गर्न इकाइगत प्रतिष्पर्धा गराइएको हो ।
कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा कार्यालय प्रमुख पारशचन्द्र भट्टराई केन्द्राध्यक्ष भई सम्पन्न गरिएको लिखित हाजिरीजवाफमा इकाई नं. ६ सर्वोत्कृष्ट भएको छ । बिर्तामोड कार्यालय अन्तरगतका १९ वटा इकाइबाट प्रतिनिधित्व रहेको प्रतियोगितामा इकाई नं. ६ का मुना कुइँकेल चापागाईंको टोलीले ५० अंकमध्ये ३८ अंक प्राप्त गरी फाइनलमा प्रवेश गरेको हो ।
संस्थाका सबै कार्यालयगत इकाइबाट छनोट भएका १५ वटा टोलीबीच यही माघ ११ गते फाइनल प्रतियोगिता हुने बिर्तामोड कार्यालय प्रमुख पारशचन्द्र भट्टराइले जानकारी दिएका छन् । उनकाअनुसार प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने टोलीले क्रमशः ६ हजार, ४ हजार ५००, ३ हजार र १ हजार ५०० नगद पुरस्कार प्राप्त गर्नेछन् । संस्थाका उत्कृष्ट इकाइहरुलाई आगामी परिषद् बैठकमा पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
Comments