Sajhamanch Archive

माघ २५ देखि देशभर ‘समर लभ’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बिर्तामोड । चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’ माघ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

प्रेम कथावस्तुमा आधारित सुविन भट्टराईको उपन्यास ‘समर लभ’ माघ २५ गतेदेखि देशभरका फिल्महलमा एकसाथ प्रदर्शनमा आउने लागेको हो । चलचित्र निर्माण पक्षले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बारेमा जानकारी दिएको हो ।

चलचित्रको प्रचारका चलचित्र निर्माण टोली पूर्वका विभिन्न स्थानको भ्रमणमा रहेको चलचित्र निर्माता एकराज तामाङ बताए । ‘उपन्यासमा रहेको कथावस्तुलाई चलचित्रमा उतारिएको छ’, उनले भने, ‘चलचित्रमा उपन्यासको मर्मलाई तोडमोड गरिएको छैन ।’

नाइटिङ्गल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रको मुख्य निर्माताका रुपमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी रहेका छन् । चलचित्र निर्माण करिब ३ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । चलचित्रमा सोपन सरकार र मनोज वीके सह–निर्माताको रुपमा छन् भने लाइन निर्माता एकराज तामाङ रहेका छन् । चलचित्रका कार्यकारी निर्माता भने विनोद अधिकारी हुन् ।

चलचित्रमा नायकको भूमिकामा आशिष फियाक रहेका छन् । उनी विभिन्न विज्ञापनका मोडल थिए । नायिका रेवती क्षेत्री बलिउडका केही चलचित्र अभिनय गरिसकेकी हुन्, समर लभ भने कलिउडमा डेब्यू मुभी हो । चलचित्र उत्कृष्ट भएकाले सबैको मन जित्ने नायक फियाकले बताए ।

नायिका क्षेत्रीले कम बजेटमा नेपालमा उत्कृष्ट चलचित्र निर्माण हुने बताइन् । ‘नेपालमा कम बजेटमा उत्कृष्ट फिल्म बन्ने गरेको छ’, उनले भनिन्, ‘नेपाली चलचित्रलाई केवल नेपाली युवाको सपोर्ट आवश्यक छ ।’ नेपालमा नेपालीभन्दा हिन्दी फिल्म बढी मन पराउने गरेकाले स्वदेशी फिल्मलाई पनि माया गर्न आग्रह गरिन् ।

त्यस्तै, चलचित्रमा नायिका नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिकको साथमा सुरजसिंह ठकुरीको मुख्य भूमिका रहेको छ । मानकृष्ण महर्जनको छायाँकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *