प्रचण्ड पत्नी सिता र बुहारी बिना अस्पतालमा भर्ना
Published:
by .काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी सिता र बुहारी बिना मगर अस्पताल भर्ना भएका छन् ।
उच्च ज्वरो आएपछि संघीय सरकारका खानेपानी तथा सरसफार्ई मन्त्री रहेकी बिना मगरलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।
प्रचण्ड पत्नी सीता दाहालको आइतबारदेखि नै आईसीयूमा राखेर सोही अस्पतालमा उपचार भैरहेको परिवारले जनाएको छ ।
ज्वरो, रुघाखोकी र चिसोले सताएपछि उहाँहरुलाई सुमेरु अस्पतालमा भर्ना गरिएको हो । सिता र बिना दुवै सासुबुहारी बिरामी परेकाले नेकपा अध्यक्ष प्रचण्ड यत्तिबेला निक्कै अप्ठ्यारोमा रहेको बताइएको छ ।
Comments