Sajhamanch Archive

नेकपा नेता अधिकारी सिसियूमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

माघ २ गते राीत १२ बजे मुटु, स्वासप्रस्वास र छातिको संक्रमणको उपचारका लागि ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका नेता अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो ।

स्वास्थ्यम्ँ सुधार हुन नसकेपछि नेता अधिकारीको बुधबारदेखि सिसियूमा राखेर उपचार भइरहेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, जलश्रोत, कानुन लगायतका मन्त्रालयको नेतृत्व गरेका थिए । उनले पार्टीका स्थायी कमिटी सदस्य लगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेको नेकपाले जनाएको छ ।

यसैबीच नेकपाले केन्द्रीय कार्यालयको तर्फबाट विज्ञप्ती जारी गरी अधिकारीको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै आज पार्टीको तर्फबाट स्वास्थ्य लाभको कामना गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *