Sajhamanch Archive

अल विदा देवी घिमिरे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । तत्कालीन गरामनी गाविसमा २०५४ सालको निर्वाचनबाट विजयी अध्यक्ष देवी घिमिरेको ६२ वर्षकै अल्पायुमा आज निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा उनको आज साँझ ६ः५३ मा निधन भएको हो ।

फोक्सोको निमोनिया भई एआरडिएस अवस्थामा आईसीयुमा राखेर उपचार भइरहेकोमा एक सातादेखि मुटु र किड्नीमा समेत संक्रमण भएकाले उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।

अहिले साँझ १० बजे काठमाडौंबाट उहाँको पार्थीव शरीर झापा ल्याउने तयारी भइरहेको छ । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा रहेको घिमिरे निवासमा शुक्रबार बिहानसम्ममा घिमिरेको पार्थीव शरीर ल्याइने तथा आवश्यक तयारी पछि दाहसंस्कार गरिने उनका भाइ नेत्र घिमिरेले साझामञ्चलाई बताए ।

२०१३ साल जेठ १५ गते जन्मिएको देवी घिमिरे सुखानीमा शाहदतप्राप्त नेत्र घिमिरेका सहोदर भाइ हुन् । उनी झापाली वाम आन्दोलनमा सक्रिय भूमिका निर्वाहा गर्ने कार्यकर्ता थिए ।

स्वर्गीय देवीका एक पत्नी चन्द्रकला र तीनजना छोरीहरु वेञ्जु लुईंटेल, इञ्जु प्रसाईं र सञ्जु संग्रौला छन् ।

१८ दिन पहिले कामको सिलशिलामा सल्यानमा रहेका बेला अचानक दमजस्तो समस्याले अस्वस्थ भइ स्थानीय अस्पतालमा उनको उपचार सुरु भएको थियो ।

सो को तीन दिन पछि नेपालगञ्ज ल्याइए पनि अक्सिजन लगाएको बिरामीलाई हवाइजहाज चढ्न प्राविधिक अप््यारो देखाएर चढ्न नदिएपछि तीन दिनसम्म पुनः त्यहँको अस्पतालमा राख्न बाध्य हुनुपरेको भाइ नेत्रले गुनासो गरे । अस्पताल ल्याउन केही दिनको ढिलाईले संक्रमण बढेको उनको गुनासो थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *