Sajhamanch Archive

प्रलेस झापामा नयाँ नेतृत्व

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

झापा । प्रगतिशील लेखक संघ झापाको अध्यक्षमा राजेन्द्र संग्रौला पुनः निर्वाचित भएका छन् ।

माघ १२ गते सम्पन्न संघको नवौं जिल्ला अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमित्रा वाङ्देल चेली, सचिवमा लीलाप्रसाद अधिकारी, सहसचिवमा विन्दु दाहाल र कोषाध्यक्षमा कल्पना ओलीलाई सर्वसम्मत चयन गरिएको छ ।

समितिका सदस्यहरुमा आरती पोखरेल, परशुराम तिम्सिना, ज्ञानेन्द्र ढुङ्गाना, कमलप्रसाद वस्ती, केदार रिमाल, मीना अधिकारी, हरिनारायण भट्टराई र अग्नि कोइराला चयन भएका छन् ।

प्रलेसका उपाध्यक्ष मिश्र वैजयन्तीको प्रमुख अतिथ्यमा उद्घाटन गरिएको अधिवेशनमा सांसद धर्मशीला चापागाई, साहित्यकार कृष्ण धराबासी, सरोज ओली, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई लगायतको सहभागिता थियो ।

अधिवेशनको अवसरमा तीनजना सर्जकहरुलाई सम्मान पनि गरिएमा थियो । सम्मानित हुनेहरुमा प्रलेस झापाका पूर्व अध्यक्षहरु भवानी क्षेत्री र केपी ढकाल तथा पूर्व उपाध्यक्ष विरही अधिकारी हुन् ।

सम्मानित श्रष्टाहरुको संक्षिप्त चिनारी खगेन्द्रा खुसी, विन्दु दाहाल तथा देवीचरण भण्डारीले गराएका थिए । श्रष्टाहरुलाई अविरको टिका, फूलमाला, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मानितहरुको तर्फबाट केपी ढकालले कृतज्ञता ज्ञापनसहित आफ्ना भनाई राखेका थिए । सम्मानितद्वय भवनी क्षेत्री र विरही अधिकारीले कविता वाचन गरेका थिए ।

प्रलेस झापाका अध्यक्ष राजेन्द्र संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमन्त्रितहरुलाई सुमित्रा वाङ्देलले स्वागत गरेकी थिइन् ।
लीलाप्रसाद अधिकारले सञ्चालन गरेको कार्यक्रममा सांसद धर्मशीला चापागाई, कृष्ण धरावासी, पुण्यप्रसाद खरेल, कमल गुरागाई, सरोज ओली र प्रमुख अतिथि प्रलेसका उपाध्यक्ष मिश्र वैजयन्तीले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *