सुरुङ्गामा प्रहरी र विद्यार्थी घम्साघम्सी (हेर्नुस् भिडियोहरु)
Published: (Updated: )
by .झापा । नेपाल विद्यार्थी संघले झापामा सुरु गरेको तीन दिने विरोध कार्यक्रम अन्तरगत आज जिल्लाका विभिन्न स्थानमा प्रहरी अवरोधका बीचमा कार्यक्रमहरु गरिएका छन् । सुरुङ्गामा आयोजित कार्यक्रममा भने प्रहरीले धरपकड र लाठीचार्ज गरेको विद्यार्थी नेताले जनाएका छन् ।
नेवि संघ झापाले आज हरेक स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको थियो । सोही कार्यक्रमअनुसार कनकाई नगरपालिकाको सुरुङ्गाचोकमा स्थानीय अगुवा विद्यार्थीहरु अशोक पाठक र उदित दाहालको नेतृत्वमा आयोजित कार्यक्रममा प्रहरीले धरपकड गरेको हो ।
विद्यार्थी नेता पाठकका अनुसार आफूहरुले शान्तिपूर्ण कार्यक्रम आयोजना गरिरहेको समयमा प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज पछि विरोध र्यालीमा सहभागीहरु भागाभाग भएको स्थानीयले बताएका छन् । यो समाचार तयार गर्दासम्म लाठीचार्जबाट कोही घाइते भएको जानकारी आएको छैन ।
यसैगरी गौरीगञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीहरुले निकालेको विरोध र्यालीमाथि पनि प्रहरीले दमन गरेको छ । विद्यार्थी नेता भवानी काफ्लेले प्रहरी अवरोधका वावजुद लक्षित कार्यक्रम सफल बनाएको बताएका छन् ।
संघीय संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएको विरोधमा रहेका गोविन्द केसीको माग पूरा गर्नुपर्ने, निर्मलालाई बलात्कार गरी हत्या गर्ने अपराधी खोजेर कारवाही गर्नुपर्ने लगायतका माग नेविसंघले राखेको छ ।
हेर्नुस् केही भिडियोहरु ……
Posted by Udit Dahal on Wednesday, 30 January 2019
Posted by Atmaram Rajbanshi on Wednesday, 30 January 2019
Comments