बुद्ध एयरले भद्रपुर–काठमाडौं राति उडान भर्ने
Published:
by .झापा । बुद्ध एयरले फरवरी ३ तारिक माघ २० गते आइतबारदेखि चन्द्रगढी एयरपोर्टबाट रात्रीकालिन सेवा शुरु गर्ने भएको छ ।
बेलुकी ५ः४५ बजे चन्द्रगढीदेखि काठमाडौंको सेवा सञ्चालन गर्न लागेको बुद्ध एयर चन्द्रगढीका स्टेशन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिएका हुन् । योसँगै बुद्ध एयरको चन्द्रगढीबाट काठमाडौंको दैनिक उडान संख्या तीन पुग्नेछ ।
बुद्ध एयरले चन्द्रगढी एयरपोर्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा निकट भविष्य मै झापा पोखराको हवाई सेवा पनि सञ्चालन गर्ने जनाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ चन्द्रगढी हवाई मैदानबाट रात्रीकालिन सेवा उद्घाटन गरेको चौथो दिनदेखि नै बुद्ध एयरले सेवा सञ्चालन गर्न लागेको हो ।
चन्द्रगढी हवाई मैदानको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बुद्ध एयरले बुधबार बेलुकी परीक्षण उडान गरेको थियो ।
Comments