Sajhamanch Archive

सम्पादक खड्काको निधनप्रति साझामञ्चद्वारा दुःख व्यक्त

Published: (Updated: ) in विविधा by .

भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित नौलो आवाज साप्ताहिकी सम्पादक सुभद्र खड्काको निधन भएको छ ।

खड्काको शुक्रबार भद्रपुर–६ स्थित आफ्नै निवासमा  ३ः४५ बजे निधन भएको हो । पत्रकार दीपक अधिकारकी धर्मपत्नी ३४ वर्षीय सुभद्र लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

विगत केही वर्षयता उहाँ भरपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उहाँको आज स्थानीय मेची नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सञ्चार क्षेत्रमा कर्मशील भएर लाग्नुभएकी खड्काको निधनप्रति साझामञ्च मिडिया प्रालि परिवार गहिरो दुःख व्यक्त गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *