Sajhamanch Archive

लक्की शेर्पाको राजीनामा स्वीकृत

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं   ।अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले हिजो एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएकी थिइन् । राजदूत शेर्पाले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

लामो दबाव र आलोचना र सरकारले शेर्पामाथि स्पष्टिकरण माग गरेपछि राजीनामा दिएकी थिइन् ।
पद बचाउन थुप्रै प्रयास गरे पनि अन्तत उनी आफैले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *