वैज्ञानिकहरूले बनाए जेलीजस्तो औषधि, खाएपछि पत्ता लगाउँछ अल्सर र ट्युमर
Published:
by .काठमाडौं । अमेरिकाको मासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले जेलीजस्तो औषधि बनाएका छन् । त्यो खाएपछि पेटमा पुग्दा आकार बढाउँछ ।
औषधिबाट पेटमा हुर्किरहेको ट्युमर र अल्सर पत्ता लाग्छ । औषधि पफर माछाबाट प्रेरित भएर बनाइएको हो । त्यो माछा खतरा अगाडि पर्दा बेलून झैं फुल्ने गरेको छ ।
औषधि दुई किसिमका हाइड्रोजेलबाट बनाइएको हो । यसको भित्री भाग सोस्ने पार्टिकल अनि बाहिरी भाग सुरक्षात्मक झिल्लीबाट बनाइएको हो । औषधिलाई स्थिरता दिनका लागि जेलीबाट बनाइएको हो । यसकारण यो पेटमा छिट्टै फुल्छ ।
अनुसन्धानकर्ताहरूले प्रयोगशालामा गोलीको परीक्षण गरे । यसलाई पानीमा हालेर हेरे । पेटमा हुने रस पनि उक्त पानीमा राखियो । राखेको १५ मिनेटमा नै गोली मूल आकारबाट बढेर १०० गुणा फुल्यो ।
यो औषधि सुँगुरमाथि परीक्षण गरिएको छ । सुँगुरको आन्द्राको संरचना मानिसको जस्तै हुन्छ । औषधिमा तापक्रम सेन्सर राखेर सुँगुरलाई खुवाइयो । औषधिबाट पेटभित्र ३० दिनको गतिविधिमा नजर राखियो ।
एमआईटीका एसोसिएट प्रोफेसर शुआनहे झाओका अनुसार, रोगीको पेटमा लामो समयसम्म नजर राख्न मिल्ने स्मार्ट औषधि तयार गर्ने हाम्रो उद्देश्य थियो । त्यसमा भएको सेन्सरबाट ब्याक्टेरिया र भाइरसको पहिचान हुनेछ ।
वैज्ञानिकहरूले औषधिमा एक सूक्ष्म क्यामरा हाल्ने विषयमा पनि विचार गरिरहेका छन् जसबाट ट्युमरमा वृद्धि देख्न पाइन्छ ।
Comments