Sajhamanch Archive

प्रतिभा युवा परिवारको निःशुल्क आँखा स्वास्थ्य शिविरमा २२० ले जँचाए

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । मेचीनगर ८ मा रहेको प्रतिभा युवा परिवारको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर गरिएको छ । मेची विद्योदय आधारभूत विद्यालय परिसरमा सञ्चालित शिविरको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् ।

मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सिनियर अप्थाल्मिक अफिसर राजेश चौरासियाको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोलीले आँखा जाँच गरेको हो । शिविरमा मेचीनगरका विभिन्न वडाका डेढ वर्षदेखि ८५ वर्ष उमेरसम्मका २२० जनाले आँखा परीक्षण गराएका छन् । जसमध्ये २० जनाको आँखामा मोतियाबिन्दु देखा परेकाले अपरेसनका लागि मेची नेत्रालय काकँरभिट्टामा पठाइएको संस्थाका कोषाध्यक्ष डालिम थापाले बताए ।

संस्थाका अध्यक्ष युवराज आचार्यको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन सत्रमा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई कार्यक्रम संयोजक राजु गौतमले शब्द स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव शोभा श्रेष्ठले गरेकी थिइन् ।

शिविरको उद्घाटन सत्रमा मेचीनगर ८ नम्बर वडाध्यक्ष बिकेन्द्र धिमाल, नगर कार्यापालिका सदस्य टिकाराम मग्राँती, वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक, खिला मेचे, साझा मनोरञ्जन संस्थाका अध्यक्ष विष्णु भट्टराई, सेन्टरी टोल विकास संस्थाका अध्यक्ष गिरीराज धमला, स्थानीय समाजसेवी कुन्दन निरौला, संस्थाका सल्लाहकार संयोजक टिका भुषण आत्रेय, मिलन विश्वकर्मा, रोहित श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *