Sajhamanch Archive

हरेकक्षेत्र पर्यटकमैत्री बन्नुपर्ने जोड

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काँकरभिट्टा । झापाको काँकरभिट्टामा आइतबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले हरेक क्षेत्र पर्यटक मैत्री बन्न जरुरी रहेको बताएका छन् ।

५औँ ग्रामीण पर्यटन महोत्सवको अवसरमा ट्राभल संघ झापाले ‘पर्यटक गाईड’ लाई लक्षित गरी आयोजना गरेको दुईदिने ‘पर्यटक व्यवस्थापन तथा सम्मान एवम् सीप र दक्षता’ सम्बन्धी तालिममा सहभागी पर्यटक गाईडहरुलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण गर्न आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले धेरैभन्दा धेरै पर्यटकहरु नेपाल भित्र्याउन सके आर्थिकरुपमा सबैलाई लाभ मिल्ने धारणा राखे । यसका लागि यहाँका होटल, पर्यटन, यातायात लगायतका क्षेत्र पर्यटकमैत्री बन्न जरुरी रहेको उनको भनाई थियो ।

प्रहरी नायव उपरीक्षक थापाले तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर पर्यटकहरुसँग सम्मानजनक व्यवहार गरी उनीहरुसँग नम्र मीठो र असल व्यवहार गर्नुपर्ने बताए । हरेक व्यवसायीले गरेका सकरात्मक काममा प्रहरी प्रशासनको सहयोग मिल्ने उनको भनाई थियो ।

सो कार्यक्रममा मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले हरेक देशका पर्यटक नेपाल प्रवेश गर्ने काँकरभिट्टा पूर्वीनाका भएकाले पहिलो पटक उनीहरुलाई जस्तो व्यवहार गरिन्छ त्यस्तै व्यवहारको सन्देश अन्त्यसम्म पुग्ने भएकाले हरेकक्षेत्रले पर्यटकसँग गर्ने व्यवहार राम्रो हुनुपर्ने बताए ।

नगरपालिकाले मेचीनगरलाई स्वच्छ सफासुग्घर र हरियाली बनाउन अहिले विभिन्न कामहरु गरीरहेको र यसमा सबैको सहयोगको अपेक्षा समेत उनले व्यक्त गरे । आफूपनि पर्यटन व्यवसायी भएकाले नगरमा कसैले आफ्नो व्यवसायका नाममा नकरात्मक काम गर्छ भने त्यस्तालाई प्रहरी प्रशासनले कारवाही गर्ने र आफ्नोतर्फबाट कुनै पनि सहयोग नहुने उनको भनाई थियो ।

मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलले कुनै एकजनाले विकृति विसंगति भित्र्याए सिङ्गो मेचीनगरकै वदनाम हुने भएकाले यसमा आम नगरवासी सचेत हुनुपर्नेमा जोड दिए ।

पत्रकार लक्ष्मी उप्रेतीले तालिम लिएर प्रमाण पत्र र परिचय पत्र लिएर मात्र सबै कुरा ठीक हुन्छ भन्ने मान्यता त्याग्न आग्रह गर्दै तालिममा सीकेको कुरा व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र तालिम लिएको फाईदा हुने बताए ।

संघका झापा अध्यक्ष निरबहादुर कार्की नेत्रले कार्यक्रमको सभापतित्व गदैं संघको विगत, वर्तमान र भविष्यका बारेमा प्रष्ट पारे । कोषाध्यक्ष पेमा तामाङले सञ्चालन गरेको कार्यक्रममा तालिममा सहभागी कोषराज सिटौला र धर्मेन्द्र तामाङले तालिमको अनुभव प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *