Sajhamanch Archive

परोपकार तथा अनुसन्धान केन्द्रमा नयाँ नेतृत्व

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । यहाँस्थित परोपकार तथा अनुसन्धान केन्द्र (बृद्धश्रम)को तेस्रो साधारणसभा शनिबार समपन्न गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख अतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै वडाध्यक्ष संग्रौलाले बावुआमालाई वृद्धाश्रममा राखेर धर्म गर्न भन्दै छोरा, बुहारी, छोरीहरु मन्दिर मन्दिर धाउने गर्नु पर्दैन भन्दै बुवाआमालाई नै भगवान मानेर उहाँहरुकै सेवा गर्दा पुण्य कमाइन्छ भनी सुझाए ।

आफू वडाध्यक्ष भएकाले सबैजनाले सकारात्मक कुरा लिएर आउनु भएमा मेरो तर्फबाट हुने सहयोग निरन्तर पाउने बताउँदै संग्रौलाले पाँच वर्षसम्म एक पैसा तलमाथि नगरीकन जिम्मेवारी पूरा गर्ने पनि बताए ।

साधारणसभाको उद्घाटन समारोहमा परोपकार तथा अनुसन्धान केन्द्रका सहसचिव विष्णुप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आश्रित असहायहरुलाई तीन वर्गमा विभाजित गरेर उनीहरुको संरक्षणका लागि विभिन्न योजनाहरु प्रस्तुत गरिएको थियो ।

हातखुट्टा चल्ने तथा बोल्न र हिंडडुल गर्न सक्ने असहायहरुलाई पहिलो वर्गमा राखिएको छ भने नितान्त अपाङ्गहरुलाई दोस्रो वर्गमा र सुस्त मनस्थिति, दिमागी विचलन भएकाहरुलाई तेस्रो वर्गमा राखेर केन्द्रले संरक्षण गर्दै आएको जनाइएको छ ।

परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष विक्रम मादेनको अध्यक्षतामा आयोजित साधारणसभामा विशाल शिवाकोटी, दिपक खनाल, गणेश खनाललगायतले आ–आफ्ना धारणा राखेका थिए ।

साधारणसभाले विक्रम मादेनलाई परोपकार तथा अनुसन्धान केन्द पुनः अध्यक्ष चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *