Sajhamanch Archive

प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

पाँचथर । पाँचथरको सदरमुकाममा रहेको फिदिम माविमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल नै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजीनामा माग गर्दै तीनवटा विद्यार्थी संगठनले आज तीन कार्यकक्षमा ताला लगाएका छन् ।

विद्यार्थी संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालको प्रशासनमा ताला लगाएका हुन् । प्रधानाध्यापक दुर्गाराज खत्रीको राजीनामा हुनुपर्ने माग गर्दै विद्यार्थी संगठनले ताला लगाएका हुन् ।

अनेरास्ववियू जिल्ला कमिटी, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटी र समाजवादी विद्यार्थी फोरम पाँचथरले आज विद्यालयको मुख्य कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

बालमैत्री वातावरणमा विद्यार्थीले पठनपाठन गर्न पाउनु पर्ने ठाउँमा प्रधानाध्यापकले नै विद्यार्थीलाई निर्घात कुटपिट गरी विद्यालयमा त्रासयुक्त बनाएको भन्दै तालाबन्दी गर्नु परेको अनेरास्ववियू क्रान्तिकारीका सूर्य बेघाले बताए ।

विद्यार्थी राईलाई बिहीबार प्रधानाध्यापक खत्रीले टाउकोमा गम्भिर चोटपर्ने गरी कुटपिट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *