नेकपाले देशभर जनयुद्ध दिवस मनाउने
Published:
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा देशव्यापी कार्यक्रम गर्न मातहत कमिटीलाई निर्देशन गरेको छ ।
नेकपाका महासचिव विष्णु पौडेलले देशभरका पार्टी इकाइहरूलाई आज सर्कुलर जारी गरेर जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा फागुन १ गते देशभर कार्यक्रम गर्न निर्देशन दिएका हुन् ।
काठमाडौंमा भने पार्टी कार्यालय धुम्बराहीमा बुधबार बिहान नेकपाले कार्यक्रम गर्ने भएको छ। धुम्बराहीमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहने जनाइएको छ।
नेकपा स्रोतका अनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा कार्यक्रम गर्न सर्कुलर जारी गरिएको छ।
तत्कालिन माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो। सोही दिनको सम्झनामा विगतमा माओवादीले जनयुद्ध दिवस मनाउने गरेको थियो।
तत्कालिन एमाले र माओवादी एकता भएपछि जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा पहिलोपटक कार्यक्रम हुन लगेको हो।
Comments