Sajhamanch Archive

खानेपानी मन्त्री र फिनल्याण्ड राजदूतबीच भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भइरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताए ।

घण्टौं घण्टासम्म हिंडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले बताए ।

ग्रामीण भेगमा खानेपानीको व्यवस्था मिलाउन फिनल्याण्ड सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूतको भनाई छ । भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिवद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताए ।

उहाँले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनालाई पुरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *